२०८३, २० आश्विन बुधबार

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन लागेको ११ औँ राष्ट्रिय महाधिवेशनको स्थल पोखराबाट काठमाडौं सार्ने निर्णय गरेको छ। शनिबार काठमाडौंको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन स्थल परिवर्तन गर्ने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले भने,

“नेकपा (एमाले) को सचिवालय बैठकले मुख्यतया तीन वटा महत्वपूर्ण निर्णयहरू गरेको छ। पहिलो, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णयलाई पुनः पुष्टि गरिएको छ। सो निर्णयलाई थप स्पष्टता दिँदै बैठकले महाधिवेशन स्थल पोखराको सट्टा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो।”

पहिले एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो। तर, व्यवस्थापकीय कारण तथा सहभागी संख्या बढी हुने अनुमानका कारण स्थल परिवर्तन गरिएको बताइएको छ। उपमहासचिव ज्ञवालीका अनुसार देशभरका ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिनेछ।
उनका अनुसार प्रतिनिधि चयन मंसिर १३ गते शनिबार देशभर एकै दिन हुने र त्यसको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ। एमालेको ११ औँ महाधिवेशन पार्टीको नेतृत्व, नीतिगत दिशा र आगामी राजनीतिक रणनीतिलाई पुनःनिर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८२, १५ कार्तिक शनिबार  ७ : ५४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको