नेपालको राजनीतिक इतिहासमा नेकपा एमाले केवल एउटा राजनीतिक दल मात्र होइन, आन्दोलन, संघर्ष, वैचारिक बहस र जनअपेक्षासँग गहिरो रूपमा गाँसिएको संगठन हो । तर राजनीति स्थिर हुँदैन । समय बदलिन्छ, समाज बदलिन्छ, जनताको सोच, आवश्यकता र अपेक्षा पनि बदलिन्छ । यही परिवर्तनलाई समयमै बुझ्न नसक्ने शक्ति इतिहासमा कमजोर बन्दै जान्छ । त्यसैले आज एमालेसामु एउटा…