२०८३, १० कार्तिक मंगलबार

गुण्डुमा एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन टुंग्याउने तयारी

गुण्डुमा एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन टुंग्याउने तयारी


काठमाडौं ।  केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निजी निवासमा सुरु भएको छ।

बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने, हालसम्मका राजनीतिक तथा संगठनात्मक गतिविधिको समीक्षा गर्ने तथा आगामी निर्वाचनलाई लक्षित रणनीति तय गर्ने मुख्य एजेन्डा रहेका छन्।

पार्टी स्रोतका अनुसार गत जेठ ५ गते अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमाथि आज विस्तृत छलफल गरी अन्तिम निर्णय गर्ने तयारी गरिएको छ। उक्त निर्णयलाई पछि अन्तरपार्टी निर्देशन (अपानि) मार्फत सबै मातहतका कमिटी र सम्बन्धित नेताहरूलाई औपचारिक रूपमा पठाइनेछ।

११ औँ महाधिवेशनपछि एमालेले नेताहरूको जिम्मेवारी अस्थायी रूपमा मात्र बाँडफाँट गर्दै आएको थियो। अब भने संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन स्थायी तथा स्पष्ट कार्यविभाजन गर्ने तयारी गरिएको नेताहरूले बताएका छन्।

आगामी स्थानीय तह तथा अन्य निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीले नेताहरूको जिम्मेवारी पुनःसंरचना गर्न लागेको हो। यसले पार्टीको संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ७ जेष्ठ शुक्रबार  १ : २७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा