२०८३, ३० भाद्र बुधबार

गुण्डुमा एमाले सचिवालय बैठक सकियो, ५ उपाध्यक्षले राखे धारणा, भोलि फेरि बस्ने

गुण्डुमा एमाले सचिवालय बैठक सकियो, ५ उपाध्यक्षले राखे धारणा, भोलि फेरि बस्ने


काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शुक्रबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सम्पन्न भएको छ।

बैठकमा पार्टीका पाँच जना उपाध्यक्षहरूले समसामयिक राजनीतिक विषय, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा आफ्ना धारणा राखेका छन्। बाँकी १२ जना सचिवालय सदस्यले भने भोलि हुने बैठकमा आफ्नो धारणा राख्ने भएका छन्।

उपमहासचिव लेखराज भट्ट का अनुसार शुक्रबारको बैठकमा कार्यविभाजनको विषय औपचारिक रूपमा प्रवेश हुन सकेन। केही विषयमा संशोधन र थप छलफल आवश्यक देखिएकाले सदस्यहरूले योजनागत रूपमा आफ्नो धारणा राख्ने तयारी गरेका छन्।

‘कार्यविभाजनको विषयमा आज प्रवेश भएन । केही विषयमा संशोधन गरेर जानुपर्ला भन्ने कुराहरू योजनामै आउँदा हाम्रा कुरा राख्छौं भन्नुभएको छ,’ भट्टले बताए।

सचिवालय बैठक शनिबार बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै गुण्डुस्थित निवासमा बस्ने तय गरिएको छ। एमालेभित्र नेताहरूको कार्यविभाजन, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा बैठक केन्द्रित हुने बताइएको छ।

प्रकाशित मिति : २०८३, ७ जेष्ठ शुक्रबार  ६ : ४० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक