२०८३, १० कार्तिक मंगलबार

गुण्डुमा एमाले सचिवालय बैठक सकियो, ५ उपाध्यक्षले राखे धारणा, भोलि फेरि बस्ने

गुण्डुमा एमाले सचिवालय बैठक सकियो, ५ उपाध्यक्षले राखे धारणा, भोलि फेरि बस्ने


काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक शुक्रबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सम्पन्न भएको छ।

बैठकमा पार्टीका पाँच जना उपाध्यक्षहरूले समसामयिक राजनीतिक विषय, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा आफ्ना धारणा राखेका छन्। बाँकी १२ जना सचिवालय सदस्यले भने भोलि हुने बैठकमा आफ्नो धारणा राख्ने भएका छन्।

उपमहासचिव लेखराज भट्ट का अनुसार शुक्रबारको बैठकमा कार्यविभाजनको विषय औपचारिक रूपमा प्रवेश हुन सकेन। केही विषयमा संशोधन र थप छलफल आवश्यक देखिएकाले सदस्यहरूले योजनागत रूपमा आफ्नो धारणा राख्ने तयारी गरेका छन्।

‘कार्यविभाजनको विषयमा आज प्रवेश भएन । केही विषयमा संशोधन गरेर जानुपर्ला भन्ने कुराहरू योजनामै आउँदा हाम्रा कुरा राख्छौं भन्नुभएको छ,’ भट्टले बताए।

सचिवालय बैठक शनिबार बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै गुण्डुस्थित निवासमा बस्ने तय गरिएको छ। एमालेभित्र नेताहरूको कार्यविभाजन, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिका विषयमा बैठक केन्द्रित हुने बताइएको छ।

प्रकाशित मिति : २०८३, ७ जेष्ठ शुक्रबार  ६ : ४० बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा