२०८३, ७ भाद्र सोमबार

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नै एमाले अघि बढ्ने बताएका छन्।

आइतबार अध्यक्ष ओलीको निवासमा लगातार तीन दिनसम्म बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले बाहिर फैलाइएका “अध्यक्ष परिवर्तन” र “राजीनामाको दबाब” सम्बन्धी चर्चाहरू भ्रमपूर्ण भएको दाबी गरे।

उनले सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको जानकारी दिए। “अध्यक्षज्यूले जे प्रस्ताव गर्नुभयो, त्यही नै पारित भयो,” बस्नेतले भने।

बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणसम्बन्धी विषय पनि टुंगो लगाएको छ। बस्नेतका अनुसार राष्ट्रपति बनेर बिताएको ८ वर्षको अवधिलाई पार्टी सदस्यतामा गणना नगर्ने गरी ०३७ सालदेखिको सदस्यता कायम गर्ने निर्णय सर्वसम्मतबाट पारित गरिएको हो।

बस्नेतले एमालेभित्र नेतृत्व परिवर्तनको बहस कमजोर रहेको संकेत गर्दै आगामी दिनमा पनि पार्टीको नेतृत्व ओलीले नै गर्ने दाबी गरे। उनले बाहिर फैलाइएका “संख्या कमजोर”, “नेतृत्व संकट” जस्ता चर्चालाई नियोजित प्रचारको संज्ञा दिए।

सचिवालय बैठकपछि एमालेभित्र अध्यक्ष ओलीको पकड अझ बलियो देखिएको विश्लेषण समेत हुन थालेको छ।

प्रकाशित मिति : २०८३, १० जेष्ठ सोमबार  ८ : ३३ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन