२०८३, १९ आश्विन मंगलबार

गुण्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक

गुण्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज पनि बस्दैछ।

शनिबार बिहान साढे ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा बैठक बस्न लागेको हो।

एमाले सचिवालय बैठक शुक्रबारदेखि सुरु भएको थियो। बैठकमा सचिवालय सदस्यहरूले समसामयिक राजनीति, पार्टी संगठन र आगामी रणनीतिबारे धारणा राखिरहेका छन्। केही नेताहरूले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा समेत राखेको स्रोतले जनाएको छ।

शुक्रबार बोल्न बाँकी रहेका सचिवालय सदस्यहरूले आजको बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। आजको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई ले आफ्नो धारणा राख्नेछन्। त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, यामलाल कँडेल, हिक्मत कार्की, खगराज भट्ट, भानुभक्त ढकाल, राजन भट्टराई, शेरधन राई र महेश बस्नेत ले पनि आज आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठकमा पार्टीको कार्यविभाजन, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे गहन छलफल हुने एमाले स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८३, ८ जेष्ठ शनिबार  ७ : ५२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि