२०८३, १० कार्तिक मंगलबार

गुण्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक

गुण्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज पनि बस्दैछ।

शनिबार बिहान साढे ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा बैठक बस्न लागेको हो।

एमाले सचिवालय बैठक शुक्रबारदेखि सुरु भएको थियो। बैठकमा सचिवालय सदस्यहरूले समसामयिक राजनीति, पार्टी संगठन र आगामी रणनीतिबारे धारणा राखिरहेका छन्। केही नेताहरूले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा समेत राखेको स्रोतले जनाएको छ।

शुक्रबार बोल्न बाँकी रहेका सचिवालय सदस्यहरूले आजको बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। आजको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई ले आफ्नो धारणा राख्नेछन्। त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, यामलाल कँडेल, हिक्मत कार्की, खगराज भट्ट, भानुभक्त ढकाल, राजन भट्टराई, शेरधन राई र महेश बस्नेत ले पनि आज आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठकमा पार्टीको कार्यविभाजन, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे गहन छलफल हुने एमाले स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८३, ८ जेष्ठ शनिबार  ७ : ५२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा