२०८३, १९ आश्विन मंगलबार

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको दोस्रो साता बस्ने भएको छ। आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

बैठकको मिति भने पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय गरिने जनाइएको छ।

सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठन सुदृढीकरण, सरकारको कामकारबाही तथा आगामी रणनीतिबारे छलफल भएको नेताहरूले बताएका छन्। केन्द्रीय कमिटी बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, जनसंगठन परिचालन र राष्ट्रिय राजनीतिक एजेन्डामाथि व्यापक समीक्षा हुने अपेक्षा गरिएको छ।

एमालेभित्र पछिल्लो समय संगठनात्मक पुनर्संरचना, जिम्मेवारी हेरफेर तथा आगामी राजनीतिक रणनीतिलाई लिएर चासो बढिरहेका बेला बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, १० जेष्ठ सोमबार  ८ : ३१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि