२०८३, १० कार्तिक मंगलबार

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको दोस्रो साता बस्ने भएको छ। आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

बैठकको मिति भने पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय गरिने जनाइएको छ।

सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठन सुदृढीकरण, सरकारको कामकारबाही तथा आगामी रणनीतिबारे छलफल भएको नेताहरूले बताएका छन्। केन्द्रीय कमिटी बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, जनसंगठन परिचालन र राष्ट्रिय राजनीतिक एजेन्डामाथि व्यापक समीक्षा हुने अपेक्षा गरिएको छ।

एमालेभित्र पछिल्लो समय संगठनात्मक पुनर्संरचना, जिम्मेवारी हेरफेर तथा आगामी राजनीतिक रणनीतिलाई लिएर चासो बढिरहेका बेला बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, १० जेष्ठ सोमबार  ८ : ३१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा