काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन कायम गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको मङ्गलवार को बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। भ्रष्टाचार न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा सरकार दृढ रहेको उहाँको दाबी छ। उहाँले आतङ्कवादी क्रियाकलापमा वित्तीय…