२०८३, ८ भाद्र मंगलबार

विपि राजमार्गको विकल्प,विपि राजमार्ग नै हो : सचिव छितिज लामा

विपि राजमार्गको विकल्प,विपि राजमार्ग नै हो : सचिव छितिज लामा


काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव छितिज लामा ले काभ्रे क्षेत्र नं. १ का माननीय मधु चौलागाईं ले व्यक्त गरेको “विपि राजमार्गको विकल्प खोज्नुपर्छ” भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सचिव लामाले विपि राजमार्गको विकल्प फेरि पनि विपि राजमार्ग नै हुने उल्लेख गरेका छन्। उनले कुनै पनि अन्य सडकले विपि राजमार्गको राष्ट्रिय महत्व, रणनीतिक आवश्यकता र आर्थिक योगदानलाई प्रतिस्थापन गर्न नसक्ने बताएका छन्।

उनले अब बहस राजमार्गको विकल्प खोज्ने विषयमा नभई, विपि राजमार्गलाई अझ सुरक्षित, व्यवस्थित र दिगो बनाउने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।

सचिव लामाले गाउँ–गाउँमा पुग्ने ग्रामीण कृषि सडकलाई स्तरोन्नति गरी पक्की बनाउनुपर्ने आवश्यकता औँल्याउँदै किसानले उत्पादन गरेका तरकारी, दूध, फलफूल तथा अन्न सहज रूपमा बजारसम्म पुर्‍याउन सक्ने सडक नै अहिलेको वास्तविक आवश्यकता भएको बताएका छन्।

“विकासको नाममा केवल नयाँ नारा होइन, जनताको दैनिक जीवनसँग जोडिएको व्यवहारिक योजना आवश्यक छ,” उनले उल्लेख गरेका छन्।

उनले ग्रामीण सडक सञ्जाल बलियो भए गाउँको अर्थतन्त्र मजबुत हुने, कृषि उत्पादन बढ्ने, युवाले गाउँमै अवसर पाउने र त्यसले समग्र देशको समृद्धिको आधार तयार गर्ने धारणा सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : २०८३, ३ जेष्ठ सोमबार  ११ : ११ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद