२०८३, ७ असार सोमबार

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध


काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। पानीको बहाव कम भएसँगै बगाएको स्थान मर्मत गरेपछि सवारी आवागमन सुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल सवारी साधन सञ्चालनमा आए पनि मौसम पूर्ण रूपमा सुधार नभएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा पुनः हुन सक्ने सम्भावना रहेकाले यात्रुहरूलाई राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

कार्यालयका प्रमुख एसपी कोमल शाह का अनुसार राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा बनाइएका अस्थायी डाइभर्सनहरू रोशी खोलाले बगाएको थियो। ती स्थानहरूमा सडक विभाग र स्थानीय तहसँग समन्वय गरी मर्मतपछि सडक खुलाइएको हो।

राजमार्ग अवरुद्ध हुँदा काभ्रे खण्डका सवारी साधनहरू धुलिखेल, भकुण्डे र कटुन्जेमा रोकिनु परेको थियो भने सिन्धुली खण्डबाट आउने सवारीलाई दुम्जा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमा रोकेर राखिएको थियो।

गत वर्षहरू २०८१ र ०८२ मा परेको अविरल वर्षाका कारण रोशी खोलाले राजमार्गका विभिन्न भाग बगाएपछि हाल भकुण्डे–नेपालथोक खण्ड निर्माणाधीन अवस्थामा छ। निर्माण कार्यका क्रममा खोलाको बगरमा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ।

प्रशासनले विशेषगरी रातिको समयमा यात्रा नगर्न, मौसमको जानकारी लिएर मात्र यात्रा गर्न र सम्भावित जोखिमप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ६ चैत्र शनिबार  १० : ०१ बजे

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा

१२ कक्षाको नतिजा ४० दिनमै : ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१