२०८३, १० कार्तिक मंगलबार

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार


काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने सरकारी अभियान दोस्रो चरणमा प्रवेश गरेको छ। सोही क्रममा आज बिहानै बल्खु क्षेत्रमा डोजर पुगेसँगै स्थानीयमा तनावको अवस्था देखिएको छ।

घरटहरा भत्काउने तयारीसँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रभावित बासिन्दाहरू अझै पनि सामान सार्न व्यस्त देखिन्छन्। डोजर पुगेपछि धेरै परिवार अन्तिम क्षणसम्म आफ्नो सरसामान सुरक्षित स्थानतर्फ लैजान दौडधूप गरिरहेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि नै सूचना जारी गर्दै बिहीबार साँझसम्म बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो। सोही सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम घर खाली गर्ने र सामान सार्ने काम सुरु गरेका थिए, जुन क्रम आज बिहानसम्म पनि जारी रहेको छ। सरकारले आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरीलगायतका क्षेत्रमा अतिक्रमित जग्गा खाली गराउने तयारी गरेको जनाएको छ।

यसअघि पहिलो चरणअन्तर्गत सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू हटाइसकिएको छ।

प्रकाशित मिति : २०८३, १७ बैशाख शुक्रबार  ९ : ३२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा