२०८३, १० कार्तिक मंगलबार

७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो, २५ करोड बजेट विनियोजन

७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो, २५ करोड बजेट विनियोजन


दाङ । झण्डै सात दशकको प्रतीक्षापछि दाङको ऐतिहासिक टरिगाउँ विमानस्थल विस्तारको प्रक्रिया अघि बढ्ने संकेत देखिएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमा विमानस्थलको धावनमार्ग विस्तारका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी सार्वजनिक भएपछि दाङवासी उत्साहित बनेका छन्।

२०११ सालदेखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थल नेपालको पुराना विमानस्थलमध्ये एक हो। हाल ७५० मिटर मात्र कालोपत्रे धावनमार्ग रहेको विमानस्थलमा १९ सिटेसम्मका साना जहाज मात्र अवतरण गर्न सक्छन्। नयाँ बजेटमार्फत धावनमार्गलाई १,५०० मिटर पुर्‍याउने योजना रहेको बताइएको छ, जसले ७२ सिटेसम्मका विमान सञ्चालनको बाटो खोल्ने अपेक्षा गरिएको छ।

दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कमल सुबेदीका अनुसार विमानस्थल विस्तार बहुवर्षीय आयोजनाका रूपमा अघि बढ्नेछ। उनले यसलाई दाङको आर्थिक, पर्यटन तथा सामाजिक विकासका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

यसैबीच, तुलसीपुर–जलकुन्दीदेखि दगौरा खोलासम्म सल्यान जोड्ने सडकका लागि ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै तुलसीपुरस्थित बबई नदीमा नयाँ पक्की पुल निर्माणका लागि समेत बजेट छुट्याइएको जनाइएको छ।

लुम्बिनी प्रदेशको राजधानी दाङमा विमानस्थल, सडक र पुलजस्ता पूर्वाधार आयोजनामा बजेट वृद्धि हुनु विकासको नयाँ संकेतका रूपमा हेरिएको छ। यदि विनियोजित बजेट अनुसार काम अघि बढ्यो भने वर्षौंदेखि चर्चामा रहेको टरिगाउँ विमानस्थलले नयाँ स्वरूप पाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ८ : ३५ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको