२०८३, १० कार्तिक मंगलबार

भीमफेदीमा कोदो उत्पादनमा उल्लेखनीय वृद्धि, ५५० मेट्रिक टन उत्पादनसँगै ३३ लाख बढी अनुदान वितरण

भीमफेदीमा कोदो उत्पादनमा उल्लेखनीय वृद्धि, ५५० मेट्रिक टन उत्पादनसँगै ३३ लाख बढी अनुदान वितरण


मकवानपुर । भीमफेदी गाउँपालिकामा चालू आर्थिक वर्षमा रैथाने बाली कोदो उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार यस वर्ष कुल ४३७ परिवारले १,८९७ रोपनी क्षेत्रफलमा कोदो खेती विस्तार गरेका छन्।

उक्त खेतीबाट करिब ५५० मेट्रिक टन कोदो उत्पादन भएको कृषि शाखाले जनाएको छ। उत्पादनलाई प्रवर्द्धन तथा कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत कृषकहरूलाई कुल ३३ लाख ८३ हजार रुपैयाँ नगद अनुदान वितरण गरेको छ।

गाउँपालिकाले रैथाने बालीको संरक्षण, खाद्य सुरक्षा सुदृढीकरण तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कोदो खेतीलाई प्राथमिकतामा राख्दै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

स्थानीय तहका अनुसार कोदो उत्पादन वृद्धि भएपछि गाउँपालिकामा आत्मनिर्भरता बढ्दै गएको र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ।

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  १२ : ५७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा