२०८३, १० कार्तिक मंगलबार

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध


काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण आज साँझ ७ः०० बजेदेखि यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, रोशी खोलामा पानीको बहाब बढेपछि खतरनाक स्थिति सिर्जना भएको हो। पनौती, नमोबुद्ध, काभ्रेभञ्ज्याङ लगायतका स्थानमा भारी वर्षा भइरहेकोले राजमार्गमा जोखिमको अवस्था उत्पन्न भएको बताइएको छ।

सवारीसाधनलाई काभ्रेभञ्ज्याङ र नेपालथोकमा रोकिएको छ र यात्रुहरूलाई उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ। यसअघि, गत शुक्रबारको बाढीले राजमार्ग अवरुद्ध गरेपछि ३६ घण्टापछि यातायात सञ्चालनमा ल्याइएको थियो।

प्रहरीले मौसमका स्थितिलाई ध्यानमा राखेर यात्रुहरूलाई सतर्क रहन र केवल सुरक्षित अवस्थामा यात्रा गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२, १६ चैत्र मंगलबार  १० : ३७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा