धुलिखेल, ३२ जेठः काभ्रेको दुर्गम क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाको एम्बुलेन्सले रक्सी बोक्ने गरेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले बा.२३ च २१४७ नम्बरको एम्बुलेन्सले रक्सी बोकेको भन्दै गुनासो गरेपछि नेपाल रेडक्रस सोसाइटीले चालकसँग स्पष्टिकरण मागेको छ । चार दिनअघि एम्बुलेन्स चालक गणेश चौलागाईले स्पष्टिकरण मागिएको नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवा प्रमूख भोजराज ओझाले पुष्टि गरे…