२०८३, १० भाद्र बिहीबार

भुम्लुमा पिसिआर परीक्षण गरेर मात्रै घर पठाउन क्वारेन्टाइन बस्नेहरूकाे माग

भुम्लुमा पिसिआर परीक्षण गरेर मात्रै घर पठाउन क्वारेन्टाइन बस्नेहरूकाे माग


धुलिखेल, २४ असारः काभ्रेको भुम्लुमा गाउँपालिका सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा बसेकाहरुले आफ्नो पिसिआर गर्नुपर्ने माग गरेका छन् । पालिकाले अहिले सम्म क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षणलाई मात्रै आधार मान्दै आएको छ ।

आरडिटीमा पोजेटिभ देखिए पिसिआरका लागि स्वाब संकलन गरी पठाउने र नेगेटिभ आए १४ दिन राखेर घर पठाउने गरेको क्वारेन्टाइनमा बस्नेहरु बताएका छन् । क्वारेन्टाइन बस्नेहरु सबैले पिसिआर गर्न माग गरेपनि स्वास्थ्य कार्यलय काभ्रेबाट स्वीकृती नपाएको पालिकाका स्वास्थ्य शाखा संयोजक शुदर्शन भट्राइले बताउनुभयो ।

पालिका भित्रकाको क्वारेन्टाइनमा आज सम्म ११ जना रहेकोमा आज ५ जना डिस्चार्ज भएर घर फर्किका छन् । यसअघि पनि पालिकामा ४ जना डिस्चार्ज भएर घर फर्किको पालिकाका स्वास्थ्य शाखा संयोजक भट्राइले बताउनुभयो ।

धुलिखेल क्वारेन्टाइनमा बस्नेको भने सबैको पिसिआर परीक्षण हुने गरेको छ । सरकारको स्वास्थ्य नितीले क्वारेन्टाइन बस्ने सबैको पिसिआर परीक्षण गर्नुपर्ने नभनेता पनि क्वारेन्टाइन बसिकेपछि घरपरिवार र समाज ढुक्क हुन भनेर सबैको पिसिआर गर्ने गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले बताए । धुलिखेल नगरपालिकाले आफ्नै खर्चमा भीटिएम गरि गरी पिसिआर परीक्षणमा सहयोग गरिरहेको छ ।

स्वास्थ्य निर्देशिका अनुसार क्वारेन्टाइन बसेको कम्तिमा पाँच दिन पुगेपछि मात्रै आरडिटी परीक्षण हुन्छ । पछिल्लो निर्देशिकामा अनुसार ५ देखि १० दिनकोबीचमा परीक्षण गराउने उल्लेख रहेको स्वास्थ्य संयोजक केसीले बताए ।

धुलिखेल नगरपालिकाको क्वारेन्टाइनमा धुलिखेल, खानीखोला, महाभारत र चौरीदेउराली गाउँपालिका भारत बाहेक तेस्रो मुलुकबाट आएकाहरु बस्ने गरेका छन् । धुलिखेलमा बुधबार ३१ जना पुरुष र ३ जना महिला रहेका छन् । धुलिखेलमा क्वारेन्टाइन वेड संख्या १५२ छ ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ७ : ०९ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री