२०८३, १० भाद्र बिहीबार

बनेपाको बुडोल त्रसितः भक्तपुर क्यान्सर अस्पतालको गम्भीर लापर्बाहि

बनेपाको बुडोल त्रसितः भक्तपुर क्यान्सर अस्पतालको गम्भीर लापर्बाहि


धुलिखेल, २७ असारः भक्तपुर क्यान्सर अस्पतालको गम्भीर लापर्बाहिले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ६ पुरै त्रसित बनेको छ । वडा नम्बर ६ बुडोलकी २४ बर्षीय युवतीलाई अस्पतालले कोरोना नेगेटिभ भएको रिपोर्ट थमाउँदै घर पठाइदिएको थियो । तर त्यसको पाँचदिन पछि कोरोना नेगेटिभ भन्दै घर आएइपुगेकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएको सूचीमा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले राखेको छ ।

जिल्ला कमाण्ड पोष्टले दैनिक पठाउने विवरणमा ती युवतीको १९ गते स्वाब संकलन गरिएको र २२ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको उल्लेख गरिएको छ । विवरणमा यो पनि भनिएको छ कि ‘खोज पडताल गरि ती युवतीलाई शीर मेमोरियल अस्पतालमा उपचालका लागि पठाइएको ।’

यो वाक्यले कोरोना संक्रमित युवती फरार थिइन् र प्रहरी प्रशासनले खोजी गरी भेटाएको अर्थ लाग्छ । जिम्मेवार निकायमा बस्ने ब्यक्तिहरुले आफ्नो गल्ती ढाकछोप गर्न प्रयोग गर्ने शब्द ती युवती माथि पनि लगाइएको छ । जब कि ती युवती आफुलाई कोरोना संक्रमण नभएको अस्पतालको आधिकारिक रिपोर्ट सहित खुशी हुदैँ आफ्नै घरमा आएकी थिइन् ।

पाँचदिनपछि कसरी युवतीमा कोरोना संक्रमण देखियो ?
ती युवतीमा पाँचदिनपछि कोरोना संक्रमण पुष्टि भएको भने होइन् । संक्रमित युवती आमा स्वास्थ्य जाँचका लागि भक्तपुर क्यान्सर अस्पतालमा पुगेकी थिइन् ।

कुरुवा बसेका मध्येकै अर्का एक जनामा कोरोना पुष्टि भएपछि अस्पताल सिल गरेर सबै कुरुवा र बिरामीको स्वाब परीक्षण गरिएको थियो । असार २२ गतेको रिपोर्टमा नै ती युवातीमा संक्रमण पुष्टि भएको थियो ।

तर अस्पतालले बुडोलकी युवतीलाई संक्रमण नभएको रिपोर्ट दियो र अर्का कुरुवालाई संक्रमित भएको रिपोर्ट थमायो । वडाध्यक्ष सचितानन्द केसीका अनुसार नाम र उमेर एउटै भएका कारण रिपोर्ट साटिन गएको अस्पतालले जनाएको छ ।

युवतीको यात्रा मासु पसल देखि टोल छरछिमेकसम्म
अस्पतालमा आमाको कुरुवा बसेर कोरोना नभएको रिपोर्ट पछि खुशी हुदैँ आफ्नो घर बुडोल आइपुगेकी ती युवती मासु देखि तरकारी पसलसम्म पुगेको पाइएको छ । युवतीको घर परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

प्राप्त विवरण अनुसार ती युवाती दूध डेरीमा समेत पुगेकी थिइन् । उनी घर आएपछि पनि छरछिमेकमा समेत डुल्ने, घुम्ने र साथी भाइसँग भेटघाट गरेको पाइएको छ ।

जिम्मेवार निकायबाटै हुने यता त्रृटिले समुदाय नै त्रासित बनेको छ । वडा कार्यालयले आफ्नो क्षेत्र सिल गरेको छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  ६ : ४९ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री