२०८३, ७ कार्तिक शनिबार

पाँचखालमा ७० वर्षभन्दा माथिका बृद्धबृद्धाको निःशुल्क स्वास्थ्य जाँच

पाँचखालमा ७० वर्षभन्दा माथिका बृद्धबृद्धाको निःशुल्क स्वास्थ्य जाँच


धुलिखेल, २१ असारः पाँचखाल नगरपालिकाले आगामी आर्थिक वर्षबाट ७० वर्षमाथिका बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ्य जाँच गरिदिने भएको छ । सातौँ नगरसभामा पेस भएको नीति तथा कार्यक्रममा नगरप्रमुख महेश खरेलले ७० वर्षभन्दा माथिका बृद्धबृद्धाको निःशुल्क स्वास्थ्य जाँच गर्ने ब्यवस्थालाई अनिवार्य गरिने उल्लेख गर्नुभएको हो ।

कडा रोग लागेका ब्यक्तिहरुलाई वडाले सिफासिरस गरे उपचार खर्चको समेत ब्यवस्था गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडा नम्बर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गरेर एक्स रे सञ्चालन गर्ने बताएको छ ।

त्यस्तै बालुवा र साठीघर स्वास्थ्य चौकीबाट ल्याब सेवा नियमित सञ्चालन गर्ने ब्यवस्था नीति तथा कार्यक्रममा भनिएको छ । नगरपालिकाले शहरी स्वास्थ्य ईकाइ नभएका वडाहरुमा शहरी स्वास्थ्य इकाइको ब्यवस्था गरिने बताएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उपलब्ध गराउँदै आएको यातायात तथा खाजा खर्च बापतको रुकममा समय सापेक्ष बृद्धि गर्ने नगरप्रमुख खरेलले बताउनुभयो । नगरभित्र विशेषज्ञ सहितको घुम्ती शिविर सेवालाई निरन्तरता दिइने भएको छ । नगरपालिकाभित्र स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न विशेष पहल गर्ने मेयर खरेलले बताउनुभयो ।

नीति तथा कार्यक्रममा मानसिक रोगको विशेषज्ञ क्लिनिक सञ्चालन गर्ने र मोतियाविन्दुको स्कृनिङ्ग तथा अप्रेशन गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आईतबार  ३ : ०७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना