धुलिखेल १४ पुस : काभ्रेमा कोरोना संक्रमित मध्ये उपचारपछि ८ जना निको भएर घर फर्किएका छन् । यो संगै काभ्रेमा ३ हजार ९६ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टि हुनेहरुमा बनेपा, मण्डनदेउपुर र बेथानचोकका १,१ जना पुरुष रहेका छन्…