काठमाडौं १७ फागुन । चीनले नेपाललाई अनुदानमा दिने भनिएको कोरोना भाइरसविरुद्धको खोपको मात्रा बढाएको छ । नेपालका लागि चिनियाँ राजदूतले सोमबार ट्वीट गर्दै नेपाललाई दिने खोपको मात्रा बढाएर आठ लाख पुर्याएको जानकारी दिएकी छन् । यसभन्दा पहिला चीनले ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको थियो । चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोप…