२०८३, १० भाद्र बिहीबार

नेपालमा खोप ल्याउन सवा १० अर्ब, माघसम्म खोप ल्याउने तयारी

नेपालमा खोप ल्याउन सवा १० अर्ब, माघसम्म खोप ल्याउने तयारी


काठमाडौं, ६ पुस :   सरकारले कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध खोपको खरिद, व्यवस्थापन र वितरण गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले कोभिड १९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना तयार गरी पहिलो चरणका लक्षित समूहलाई माघसम्म खोप लगाउने गरी तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिकदेखि माघसम्मका लागि सार्वजनिक गरेको ४ महिनाको कोभिड १९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा खोपसम्बन्धी क्रियाकलापहरुका लागि १० अर्ब २५ करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको जनाएको छ ।

कार्ययोजनाबमोजिम खरिद गर्नु पर्ने खोपसहितका अन्य अत्यावश्यक आमग्री, औषधि तथा उपकरणहरुका लागि छुट्याइएको बजेट मध्ये संघीय सरकारले ६५ प्रतिशत खर्च गर्ने जनाइएको छ ।

जसमध्ये ५० प्रतिशत सम्बन्धित अस्पतालहरुलाई प्रतिकेस व्यवस्थापन गरे वापत शोधभर्ना गर्ने उल्लेख छ । आकस्मिक प्रयोजनका लागि खरिद गर्न १५ प्रतिशत संघ र ५–५ प्रतिशतका दरले हरेक प्रदेशमा उपलब्ध गराइने उल्लेख छ । कारोबार दैनिकबाट

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ८ : ०५ बजे

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि