२०८३, १२ आश्विन मंगलबार

थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना निको, ६ को मृत्यु

थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना निको, ६ को मृत्यु


काठमाडौं, १२ पुस :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४९ हजार ८६३ संख्या पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ ।

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ९ : ३८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय