२०८३, ७ कार्तिक शनिबार

१२० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने बाइडेनको घोषणा

१२० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने बाइडेनको घोषणा


काठमाडौं, १५ पुस :  नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलाचेना गरेका छन् । ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड सर्वसाधारणलाई खोप लगाउने लक्ष्य लिए पनि सो अनुसार काम नगरेको आरोप लगाएका छन् ।

बाइडेनले ट्रम्प प्रशासनको लक्ष्यभन्दा आधा कमले मात्र पहिलो चरणको खोप लगाएको दावी गरे । उनले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको टिप्पणी गरे ।

बाइडेनले आगामी जनवरी २० मा पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गरेका छन् । आफ्नो घोषणा अनुसार काम गर्न हालको प्रशासन इच्छुक नरहेको बाइडेनको आरोप छ । उनले आफ्नो लक्ष्य पूरा गर्न हाल उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले वृद्धि गर्नुपर्ने दावी गरे । एजेन्सी

प्रकाशित मिति : २०७७, १५ पुस बुधबार  ८ : २७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना