२०८३, १० भाद्र बिहीबार

काभ्रेमा कोरोना भाइरसका कारण थप एकको मृत्यु, १८ जनामा संक्रमण पुष्टि

काभ्रेमा कोरोना भाइरसका कारण थप एकको मृत्यु, १८ जनामा संक्रमण पुष्टि


धुलिखेल ८ पुस   :  काभ्रेमा कोरोना भाइरस संक्रमणका कारण एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेथान्चोक गाउँपालिकाका ८६ बर्षिय एक महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

बुधबार काभ्रेमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बनेपाका नगरपालिकाका ५ जना महिला र ३ जना पुरुष छन् । यसैगरी धुलिखेल ३ जना महिला र ४ जना पुरुष, पाँचखालका १ जना महिला, पनौतीका १ जना पुरुष रहेका छन् भने महाभारत गाउँपालिकामा १ जना पुरुष रहेको स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले बताउनु भयो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १७ पुगेको छ भने १ सय ३५ जना संक्रिय संक्रमित छन् । उनीहरु मध्ये १ सय ३५ जना होम आइसोलेसनमा छन् भने १२ जना अस्पताल आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ६ : ५९ बजे

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न महासचिव पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको

विपद् सामना गर्न सर्वदलीय १० बुँदे संकल्प, उच्चस्तरीय संयन्त्र गठन हुने

काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको भीषण बाढीबाट

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि