काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली एक्सन फिल्म ‘पिताम्बर’ले हलहरुमा राम्रो शो पाइरहेको छ ।आइतबार काठमाडौंमा आयोजना गरिएको प्रेस शोपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा निर्देशक कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको जानकारी दिइन् ।उनले शुक्रबारदेखि नै धेरै सन्देशरु आइरहेको, हल भिजिटमा जाँदा उत्तिकै माया पाइराखेको कारण…