२०८३, १४ भाद्र सोमबार

‘मुनामदनको ब्रेकअप’ को घोषणा

‘मुनामदनको ब्रेकअप’ को घोषणा


काठमाडौं । नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् ।

पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । फिल्ममा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । कटवालले पछिल्लोपटक फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए ।

निर्देशक लामाका अनुसार बाँकी कलाकारका विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्नेछ । ‘फिल्मको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने हाम्रो योजना छ,’ लामाले भने । डेब्यू निर्देशकीय फिल्म ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म ६ वटा फिल्म निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई एक मनोरञ्जक फिल्मका रुपमा तयार पार्ने सोचमा छन् ।

फिल्मका लेखक तिमल्सेनाले फिल्ममा ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा हेर्न पाइने गराए । ‘पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै  आएकाभन्दा भिन्न स्वभावका प्रेमकथा यसमा प्रस्तुत गरिनेछ,’ तिमल्सेनाले भने, ‘अहिले दर्शकलाई हलसम्म तान्न धेरै नै मुश्किल छ, त्यसकारण पटकथामा सक्दो मिहेनत गर्नेछौं ।’

अभिनेता कटवाल ‘मुनामदनको ब्रेकअप’लाई लिएर आफू एकदमै उत्साही भएको बताउँछन् । ‘अघिल्ला फिल्महरुमा भन्दा यसमा थप परिष्कृत देखिन मैले आफूलाई निखार्न खोज्दैछु,’ कटवालले सुनाए । फिल्मको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको उनको बुझाइ छ ।

कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा फिल्मको छायांकन गरिने बताए । ‘पटकथा र प्रिप्रोडक्सनको काम पर्फेक्ट भएपछि मात्र छायांकनमा निस्किनेछौं । हामी राम्रो प्रोडक्ट निकाल्न धैर्यका साथ काम गर्नेछौं,’ उनले भने ।

प्रकाशित मिति : २०८२, २९ असार आईतबार  २ : ०६ बजे

बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धार अवस्था बुझ्न ऊर्जा मन्त्री श्रेष्ठ स्थलगत निरीक्षणमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ भोटेकोसी

इरानमा अमेरिकाको फेरि हमला, होर्मुजलाई लिएर बढ्यो तनाव

काठमाडौं । अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुई सैन्य

‘बिचरी’ होइनन् नेपाली महिला, अब आफ्नै खुट्टामा उभिने समय : मिसेस नेपाल वर्ल्डका सहभागी

काठमाडौं । नेपाली महिलाहरू परम्परागत दायरा र चुलोचौकोबाट बाहिर निस्कँदै

बाढीपछि संक्रमण फैलिन सक्ने जोखिम चिकित्सक भन्छन्- ‘अहिलेदेखि तयारी गर्नुपर्छ’

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड,

विकास र वातावरणको अनिवार्य सन्तुलन

आदिम प्रकृति र मानव सभ्यताको अनवरत सहअस्तित्व नै दिगो विकासको