२०८३, ८ कार्तिक आईतबार

‘बलिदान’ ट्रेलर युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

‘बलिदान’ ट्रेलर युट्युब ट्रेन्डिङको शीर्षस्थानमा


काठमाडौं । बडा दशैँको फूलपातीमा प्रदर्शन हुने बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को ट्रेलरले सार्वजनिक भएको केही घण्टामै युट्युबमा ट्रेन्डिङ नम्बर १ मा स्थान बनाएको छ।

शुक्रवार सार्वजनिक ट्रेलरले नेपालभित्र मात्र होइन, विदेशमा बसोबास गर्ने नेपाली समुदाय माझ पनि उत्तिकै चर्चा बटुलिरहेको छ। ट्रेलरमा समावेश भावनात्मक प्रस्तुति, तीव्र एक्सन र शक्तिशाली संवाद दर्शकलाई विशेष आकर्षण बनेको देखिएको छ।

चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा र अर्पण थापा मुख्य भूमिकामा देखिएका छन्। विशेषगरी समीर र सौगातको द्वन्द्व दृश्यले ट्रेलरलाई झनै रोमाञ्चक बनाएको छ।

निर्देशक सन्तोष सेन का अनुसार, ‘बलिदान’ केवल चलचित्र होइन, नेपाली जनताको विद्रोह र बलिदानको कथावस्तु हो। चलचित्रको शीर्षक गीत ‘यो ज्यान बलिदान’ पहिले नै दर्शकबीच लोकप्रिय बनिसकेको छ।

ट्रेलरको लोकप्रियतासँगै चलचित्रप्रतिको दर्शकको उत्साह झनै बढेको देखिन्छ।

प्रकाशित मिति : २०८२, ४ आश्विन शनिबार  ८ : २७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना