२०८३, ८ आश्विन शुक्रबार

नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना

नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना


काठमाडौं । गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

प्रेम वियोगमा रहेकी युवतीको प्रेमगाथा बोल्ने म त एक्लै ज्यूँछु बरुमा एलिना गज्जबसँग खुलेकी छन्।

आफूलाई भन्दा बढी माया गरेको मान्छेले रुवाएर दुनियाको अघि हाँसोको पात्र बनाएपछि प्रेम वियोगमा परेकी युवतीले एक्लै जिउने चाहना राखेको विषयलाई निर्देशक आयुष क्षेत्री प्रिन्सले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

भिडियोमा गायिका एलिना चौहानकै अभिनय देख्न सकिन्छ। सुबिन गोदारको छायांकन रहेको भिडियोको सम्पादन तथा कलर कल्पेश विश्वकर्माले गरेका हुन्। गीतको चर्चासँगै टिकटक र रिल्स पनि उल्लेख्य बनिरहेको गीतकार दवाडीले बताइन्।

नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा सक्रिय गीतकार दवाडीले परवासमा रहेर पनि लेखनको क्षेत्रमा क्रियाशीलता देखाइरहेकी छन्।

उनका पारालिङ्गीहरूमा समर्पित परिचय, मलाई बाँच्न सिकायौं जस्ता गीत चर्चामा छन्। सार्वजनिक गीतको निर्माताका रुपमा निमिसा दवाडी रहेकी छन्।

प्रकाशित मिति : २०८२, १७ जेष्ठ शनिबार  ६ : ०४ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई