काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्याण्ड १९४ रनमै समेटिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा अलआउट भयो। स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रनको योगदान दिए। त्यस्तै माइकल लिस्कले अर्धशतक प्रहार गरे भने जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन जोडे। अन्य…