२०८३, ८ असार मंगलबार

मदन भण्डारी दूरदर्शी कम्युनिस्ट नेता थिए : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

मदन भण्डारी दूरदर्शी कम्युनिस्ट नेता थिए : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनका दूरदर्शी तथा वैचारिक नेता भएको बताएकी छन्।

३३ औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले ले बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मदन भण्डारीको राजनीतिक योगदान नेपाली लोकतान्त्रिक आन्दोलनका लागि प्रेरणादायी रहेको उल्लेख गरिन्।

कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी तथा जीवराज आश्रित को तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्।

उनले “जनताको बहुदलीय जनवाद (जबज)” नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण वैचारिक आधार भएको उल्लेख गर्दै मदन भण्डारी र जीवराज आश्रितको योगदान देशले सधैँ सम्मान गर्ने बताइन्।

“जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको योगदान नेपाली राजनीतिक इतिहासमा सदैव स्मरणीय रहनेछ,” उनले भनिन्।

स्मृति कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

हरेक वर्ष जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : २०८३, २ जेष्ठ आईतबार  २ : ०५ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।