२०८३, १० कार्तिक मंगलबार

मदन भण्डारी दूरदर्शी कम्युनिस्ट नेता थिए : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

मदन भण्डारी दूरदर्शी कम्युनिस्ट नेता थिए : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले जननेता मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनका दूरदर्शी तथा वैचारिक नेता भएको बताएकी छन्।

३३ औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले ले बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मदन भण्डारीको राजनीतिक योगदान नेपाली लोकतान्त्रिक आन्दोलनका लागि प्रेरणादायी रहेको उल्लेख गरिन्।

कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी तथा जीवराज आश्रित को तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्।

उनले “जनताको बहुदलीय जनवाद (जबज)” नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण वैचारिक आधार भएको उल्लेख गर्दै मदन भण्डारी र जीवराज आश्रितको योगदान देशले सधैँ सम्मान गर्ने बताइन्।

“जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको योगदान नेपाली राजनीतिक इतिहासमा सदैव स्मरणीय रहनेछ,” उनले भनिन्।

स्मृति कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

हरेक वर्ष जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : २०८३, २ जेष्ठ आईतबार  २ : ०५ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा