२०८३, ३० भाद्र बुधबार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’


स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित च्याटबोट ‘ज्योया’ विकास गरेका छन्। स्थानीय स्तरमै तयार गरिएको यो परियोजनाले ग्रामीण क्षेत्रमै डिजिटल नवप्रवर्तनको सम्भावनालाई उजागर गरेको छ।

फेदीखोला गाउँपालिकाले आयोजना गरेको प्रथम विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रस्तुत गरिएको ‘ज्योया’ च्याटबोटले प्रयोगकर्ताको निर्देशनअनुसार युट्युब, गुगल क्रोम लगायतका एप्लिकेसन सञ्चालन गर्न सक्ने दाबी गरिएको छ। विद्यार्थीहरूले यसलाई नेपाली परिवेशअनुसार प्रयोगमैत्री बनाउने प्रयास गरेका छन्।

प्रदर्शनीमा सहभागी अभिभावक, शिक्षक तथा स्थानीय प्रतिनिधिहरूले ‘ज्योया’ लाई ग्रामीण विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र प्रविधिप्रतिको आकर्षणको उदाहरणका रूपमा लिएका छन्।

फेदीखोला गाउँपालिकाले करिब ६ वर्षअघिदेखि “एक विद्यालय, एक आईटी शिक्षक” कार्यक्रम सञ्चालन गर्दै विद्यालयस्तरमै सूचना प्रविधिको पहुँच विस्तार गर्दै आएको छ। हाल गाउँपालिका भित्रका ९ वटा माध्यमिक विद्यालयमा आईटी कक्षा सञ्चालन भइरहेका छन् भने करिब १ हजार ६ सयभन्दा बढी विद्यार्थी आईटी शिक्षामा आबद्ध छन्।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार सीमित स्रोतसाधनका बीच पनि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान निरन्तर अघि बढाइएको छ।

यसै अभियानको प्रभावस्वरूप फेदीखोला–२ निवासी सन्तोष पोखरेल अन्तर्राष्ट्रिय प्रविधि कम्पनी एप्पलमा आईटी व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा पुगेको उदाहरण पनि गाउँपालिकाले प्रस्तुत गरेको छ।

स्थानीय तहमा प्रविधिमैत्री शिक्षा विस्तार हुँदै गएमा भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १ जेष्ठ शनिबार  १ : ५६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक