धुलिखेल, २३ असारः काभ्रेको बेथाञ्चोक गाउँपालिकामा अपङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ । आज वडा नम्बर ५ च्यासिंखर्कका पनि अपङ्गता भएका ब्यक्तिलाई पनि सेतो छडी, लठ्ठी र बाख्रा वितरण गरिएको छ । १० वटा लठ्ठी, दुईजनालाई सेतो छडी र तीन जनालाई बाख्रा खरिदका लागि नगद प्राप्त भएको वडाध्यक्ष खजेन्ची लामाले जानकारी दिनुभयो ।…