२०८३, १५ आश्विन शुक्रबार

गाउँले धराप जिन्दगी: गरिबी र नियतिले ठगिएकी पार्वतीलाई पुनर्निर्माण प्राधिकरणले पनि ठग्यो

दोलखा, भदौ २ : खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्। झुपडीको दायाँतिर धुरीतर्फको गारोे लडेको छ । घरको सबै भाग चर्किएको छ, कुनै पाटो सग्लो छैन। पार्वतीले छोराछोरीसहित यही धराप घरमा तीन वर्ष गुजारिन् । पतिको अंशमा आएको यही एउटा झुपडी र…