२०८३, १८ आश्विन सोमबार

कञ्चनपुरमा फेरि गोली चल्यो: एक जनाको मृत्यु, ८ घाइते

कञ्चनपुरमा फेरि गोली चल्यो: एक जनाको मृत्यु, ८ घाइते


कंचनपुर , ८ भदौ : १३ बर्षीया बालिका निर्मलापन्तको बलात्कार पछि हत्याको विरोधमा सुरु भएको आन्दोलन हिंसात्मक बनेको छ । बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा प्रहरीले शुक्रवार फेरि गोली चलाएको छ । प्रहरीको गोली प्रहारबाट २ जना गम्भीर घाइते भएका जनाइएको छ । आन्दोलन शुक्रवार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित भएका छन् ।

सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको छ ।

दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ । शुक्रवार बिहान वर्षा भएका कारण पनि आन्दोलन हुन सकेको थिएन । वर्षा रोकिएपछि सर्वसाधारण सदरमुकाम केन्द्रीत भएका छन् । कञ्चनपुरका बेलौरी, बेल्डाडी र पुनर्वास क्षेत्रमा भने शुक्रवार बिहान प्रदर्शन भएको थियो । प्रहरीले मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाउँदै सार्वजनिक गरेपछि सर्वसाधारण आक्रोशित बनेका थिए ।

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : ४१ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा