२०८३, २५ श्रावण मंगलबार

कञ्चनपुरमा फेरि गोली चल्यो: एक जनाको मृत्यु, ८ घाइते

कञ्चनपुरमा फेरि गोली चल्यो: एक जनाको मृत्यु, ८ घाइते


कंचनपुर , ८ भदौ : १३ बर्षीया बालिका निर्मलापन्तको बलात्कार पछि हत्याको विरोधमा सुरु भएको आन्दोलन हिंसात्मक बनेको छ । बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा प्रहरीले शुक्रवार फेरि गोली चलाएको छ । प्रहरीको गोली प्रहारबाट २ जना गम्भीर घाइते भएका जनाइएको छ । आन्दोलन शुक्रवार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित भएका छन् ।

सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको छ ।

दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ । शुक्रवार बिहान वर्षा भएका कारण पनि आन्दोलन हुन सकेको थिएन । वर्षा रोकिएपछि सर्वसाधारण सदरमुकाम केन्द्रीत भएका छन् । कञ्चनपुरका बेलौरी, बेल्डाडी र पुनर्वास क्षेत्रमा भने शुक्रवार बिहान प्रदर्शन भएको थियो । प्रहरीले मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाउँदै सार्वजनिक गरेपछि सर्वसाधारण आक्रोशित बनेका थिए ।

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ६ : ४१ बजे

भृकुटीमण्डपमा खुल्यो नयाँ अध्याय : ५५ भन्दा बढी ब्रान्डसहित ‘नाइमा मोबिलिटी एक्सपो’ सुरु

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।

दुध खोला जलविद्युत्मा ९ अर्ब ६७ करोड ऋण, एनएमबी बैंकको नेतृत्व

काठमाडौं । मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत्

हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता, व्यवस्थापनको सुरक्षामाथि प्रश्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा मंगलबार बिहान

सामाजिक सञ्जाल’ र ‘घोराही बनाऔँ अभियान’बीच पाँचबुँदे सहमति घोराही,

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण

प्रतिनिधिसभा बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक छलफलमा

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे