२०८३, १५ आश्विन शुक्रबार

रौतहटको लालबकैया नदीमा रातभरी रुवावासी, डुंगा पल्टिदा २५ अझै बेपत्ता, १५ जना उद्धार

रौतहटको लालबकैया नदीमा रातभरी रुवावासी, डुंगा पल्टिदा २५ अझै बेपत्ता, १५ जना उद्धार


रौतहट। रौतहटको लालबकैया नदीमा डुंगा डुब्दा हराइरहेका मध्ये १५ जना सम्पर्कमा आएका छन् । हराएका मध्ये १५ जनाको उद्धार गरिएको छ भने अन्य बाँकि हराइरहेका छन् । उद्धारकार्य जारी छ ।

औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा पुल र्निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको हो । घटनास्थलमा खटिएका प्रहरी एसपी केदार ढकालका अनुसार डुंगामा सवार यात्रुहरु भारतीय क्षेत्रतिर रहेको खेत बारीमा काम गर्न गएका र फर्कने क्रममा दुर्घटना भएको हो । डु‌ंगा चालक सम्पर्कमा आएको र चालकले यकीन यात्रु संख्या बताउन नसकेको तर अन्दाजी ३५ देखि ४० जनासम्म हुनसक्ने बताएको एसपी ढकालले बताए ।

यस आधारमा अझै २५ जना हराईरहेको जनाइएको छ । उनले भने ‘डु‌ंगा चालकले डु‌ंगामा ३५ देखि ४० जना रहेको बताएको छ र हामीले यतिखेरसम्म १५ जनाको उद्धार गरिसकेका छौं’, एसपी ढकालले बताए , ‘मैले भारतको सितामढीको प्रहरीस‌ँग समन्वय गरिसकेको छु, उनले पनि पारीपट्टी सुरक्षाकर्मीको टोलीलार्इृ उद्धारका लागि परिचालन गरिसकेका छन । सीमाक्षेत्रमा घटना भएकाले दुवैतर्फका सुरक्षाकर्मीको समन्वयमा उद्धारकार्य जारी छ । प्रहरीका अनुसार डुंगा नै फुटेको छ ।

प्रकाशित मिति : २०७५, १० भाद्र आईतबार  ६ : ५४ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र