२०८३, २१ भाद्र सोमबार

ताप्लेजुङमा भूकम्प गयो असार देखि आज सम्म ५ पटक पराकम्पन

ताप्लेजुङमा भूकम्प गयो असार देखि आज सम्म ५ पटक पराकम्पन


काठमाडौं, ८ साउन । ताप्लेजुङमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

यो गोरखा भूकम्प ९७ दशमलव ६ रिक्टर स्केल० को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरुको भनाइ छ । गोरखा भूकम्पको परकम्प पनि पातलो रुपमा गइरहेको छ । पछिल्लो समय गत असारमा दुई र साउनमा दुईवटा परकम्प गएको थियो । पछिल्लो पटक साउन १७ गते दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भई ४ दशमलव २ रिक्टर स्केलको परकम्प गएको थियो । त्यसअघि साउन ८ गते धादिङको गजुरी आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रिक्टर स्केलको परकम्प गएको थियो ।

असार १४ धादिङको झार्लाङ र २१ गते सोही जिल्लाको सुनौलोबार आसपास केन्द्रबिन्दु भएर क्रमशः ४ दशमलव १ र ५ रिक्टरको परकम्प गएको थियो । २०७२ साल वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५०६ वटा परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति : २०७५, ८ भाद्र शुक्रबार  ८ : ३३ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको