२०८३, ३ भाद्र बिहीबार

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय

काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहँदा अरब सागर तथा बंगालको खाडिबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको छ। यसले गर्दा आगामी २४ घण्टासम्म विशेषगरी पाँच प्रदेशका विभिन्न भू-भागहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने अरब सागर तथा बंगालको खाडीबाट निरन्तर…