२०८३, २१ आश्विन बिहीबार

सिन्धुलीका केही पालिकामा चन्दा आतंक

सिन्धुलीका केही पालिकामा चन्दा आतंक


सिन्धुली । मतदानको समय नजिकिंदै गर्दा सिन्धुलीका केही पालिकाको चन्दा आतंकले कर्मचारीहरुमा त्रास छाएको छ ।
माओवादी केन्द्र र हालको नेपाली कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिकामा सो पार्टीका नेताहरुले कर्मचारीबाट जर्वजस्ती चुनाव खर्च भन्दै रकम उठान थालेपछि कर्मचारीहरुमा त्रास उत्पन्न भएको हो ।
केही समय अगाडि मरिण गाउँपालिका स्थित नेकपा सम्वद्ध शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको बैठकमा गाउँपालिका अध्यक्ष प्रख्यात मोक्तानले प्रत्येक शिक्षकले चुनावमा पार्टीलाई सहयोग बापत १५ हजार रुपैयाँ उठान शिक्षक नेतालाई निर्देशन दिएका थिए । अध्यक्ष बम्जनको निर्देशनपछि कर्मचारी नेताहरुले पालिकाका कर्मचारीहरुलाई पनी उनीहरुको दर्जा अनुसार सहयोग रकम दिन वाध्य पारेको समाचार प्राप्त भएको छ ।
कर्मचारीहरुलाई १४ हजार देखी ६ हजारसम्म दबाबपूर्ण रुपमा लिएर पालिकामा नेकपाली कम्युनिष्ट पार्टीको उमदरवार लेखनाथ दाहालको बुथ खर्च देखी अन्य खर्ज जुटाउने नाममा चन्दा आतंक मच्चाइएको कर्मचारीहरुलेनैं बताउन थालेका छन् ।
मरिण गाउँपालिकाको जस्तै प्रवृत्ति सुनकोशी गाउँपालिका पनि छ । सुनकोशी गाउँपालिका लेखनाथ दाहाल राजनकी पत्नी दिपा दाहाल अध्यक्ष हुन् । उनले पालिकाका शिक्षक र कर्मचारीका नेतालाई पार्टीलाई चन्दा सहयोग संकलन गर्न दवाब दिएको थाहा लागेको छ । त्यसैगरी हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवा पनि दाहालको विश्वास पात्रका रुपमा चिनिन्छन् । सिन्धुलीका तीन पालिकाबाट लाखौं चन्दा असुली गरिएको विषय अहिले सिन्धुलीको शिक्षक र कर्मचारी वृत्तमा चर्चाको विषय बनिरहेको छ ।
अन्य दलमा आवद्ध शिक्षक कर्मचारीले दलका उमेदवार वा पार्टीलाई चन्दा दिएको भन्ने बिबरण बाहिर नआएका बेला माओवादी सम्बद्ध शिक्षक र कर्मचारीहरु माथि जर्वजस्ती चन्दा असुली गरिएपछि सो विषयले ती संगठनभित्र तिब्र असन्तुष्टि फैलिएको छ ।

प्रकाशित मिति : २०८२, १७ फाल्गुन सोमबार  ३ : ०५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको