२०८३, १८ आश्विन सोमबार

सिन्धुलीका केही पालिकामा चन्दा आतंक

सिन्धुलीका केही पालिकामा चन्दा आतंक


सिन्धुली । मतदानको समय नजिकिंदै गर्दा सिन्धुलीका केही पालिकाको चन्दा आतंकले कर्मचारीहरुमा त्रास छाएको छ ।
माओवादी केन्द्र र हालको नेपाली कम्युनिष्ट पार्टीले नेतृत्व गरेको सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिकामा सो पार्टीका नेताहरुले कर्मचारीबाट जर्वजस्ती चुनाव खर्च भन्दै रकम उठान थालेपछि कर्मचारीहरुमा त्रास उत्पन्न भएको हो ।
केही समय अगाडि मरिण गाउँपालिका स्थित नेकपा सम्वद्ध शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको बैठकमा गाउँपालिका अध्यक्ष प्रख्यात मोक्तानले प्रत्येक शिक्षकले चुनावमा पार्टीलाई सहयोग बापत १५ हजार रुपैयाँ उठान शिक्षक नेतालाई निर्देशन दिएका थिए । अध्यक्ष बम्जनको निर्देशनपछि कर्मचारी नेताहरुले पालिकाका कर्मचारीहरुलाई पनी उनीहरुको दर्जा अनुसार सहयोग रकम दिन वाध्य पारेको समाचार प्राप्त भएको छ ।
कर्मचारीहरुलाई १४ हजार देखी ६ हजारसम्म दबाबपूर्ण रुपमा लिएर पालिकामा नेकपाली कम्युनिष्ट पार्टीको उमदरवार लेखनाथ दाहालको बुथ खर्च देखी अन्य खर्ज जुटाउने नाममा चन्दा आतंक मच्चाइएको कर्मचारीहरुलेनैं बताउन थालेका छन् ।
मरिण गाउँपालिकाको जस्तै प्रवृत्ति सुनकोशी गाउँपालिका पनि छ । सुनकोशी गाउँपालिका लेखनाथ दाहाल राजनकी पत्नी दिपा दाहाल अध्यक्ष हुन् । उनले पालिकाका शिक्षक र कर्मचारीका नेतालाई पार्टीलाई चन्दा सहयोग संकलन गर्न दवाब दिएको थाहा लागेको छ । त्यसैगरी हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवा पनि दाहालको विश्वास पात्रका रुपमा चिनिन्छन् । सिन्धुलीका तीन पालिकाबाट लाखौं चन्दा असुली गरिएको विषय अहिले सिन्धुलीको शिक्षक र कर्मचारी वृत्तमा चर्चाको विषय बनिरहेको छ ।
अन्य दलमा आवद्ध शिक्षक कर्मचारीले दलका उमेदवार वा पार्टीलाई चन्दा दिएको भन्ने बिबरण बाहिर नआएका बेला माओवादी सम्बद्ध शिक्षक र कर्मचारीहरु माथि जर्वजस्ती चन्दा असुली गरिएपछि सो विषयले ती संगठनभित्र तिब्र असन्तुष्टि फैलिएको छ ।

प्रकाशित मिति : २०८२, १७ फाल्गुन सोमबार  ३ : ०५ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय