२०८३, ११ कार्तिक बुधबार

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते


उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा कटारी–८ की मिनामाया तामाङ र कटारी–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार, कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठको खाजा घरमा सालको रुख ढलेर चौधरीको मृत्यु भएको हो। मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्दा हावाले भाँचेको रुखको हाँगाले लागेको चोटका कारण राति मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ४ वर्षीया बिनिशा चौधरी, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय लीला बहादुर दनुवार, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए अनुसार, घाइते बालिका बिनिशा चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा करिब ४० मिनेटमा उद्धार गरिएको थियो।

उदयपुर घटनामा घाइते लीलाबहादुर दनुवारको गम्भीर चोटका कारण उनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  ९ : ४४ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका