२०८३, १९ आश्विन मंगलबार

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

शेरबहादुर देउवा सिंगापुर प्रस्थान


काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

विमानस्थल सुरक्षास्रोतका अनुसार देउवा बुधबार राति ११:३० बजे Singapore Airlines को उडानमार्फत त्यसतर्फ गएका हुन्। उनी राति करिब साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को अन्तर्राष्ट्रिय टर्मिनलको स्टेरलाइज एरियामा देखिएका थिए। स्रोतका अनुसार उनीसँग २ -३ जना सहयोगीसमेत साथमा थिए।

विशेष महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन भएसँगै देउवा सक्रिय राजनीतिबाट केही टाढिएका थिए। प्रतिनिधिसभा निर्वाचनका क्रममा उनले उम्मेदवारी नपाएको तथा मतदानका लागि डडेलधुरा नजाने चर्चा समेत सार्वजनिक भएको थियो।

पार्टीभित्रको विवाद र नेतृत्व परिवर्तनपछि ‘बदलिएको कांग्रेस’का नेताहरूले उनलाई चुनावी अभियानमा सहभागी गराउने प्रयास गरे पनि देउवाले सार्वजनिक रूपमा उल्लेखनीय सक्रियता देखाएका थिएनन्। निकट स्रोतहरूका अनुसार पछिल्लो समय उनी सार्वजनिक कार्यक्रमहरूमा समेत कमै देखिँदै आएका थिए।

डडेलधुराबाट २०४८ सालदेखि लगातार सात पटक प्रतिनिधिसभा निर्वाचन जित्दै आएका देउवा यसपटक उम्मेदवार बनेनन्। उनको स्थानमा युवा नेता नैनसिंह महरले टिकट पाएका थिए।

हाल देउवाको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८२, १३ फाल्गुन बिहीबार  ९ : ३९ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय