२०८३, ११ कार्तिक बुधबार

रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट आज सुनुवाइमा

रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिट आज सुनुवाइमा


काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

उक्त रिटको सुनुवाइका लागि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यसअघि फागुन २७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त रिटमा आजका लागि पेसी तोकेको थियो। इजलासले विपक्षीहरूको लिखित जवाफ परिसकेको वा जवाफ दिने म्याद सकिएको र रिटमा उठाइएका विषय तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिएकाले “हेर्न नमिल्नेबाहेक पेसी स्थगित नगरी पूर्ण सुनुवाइका लागि पेश गर्न” आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि अदालतमा विचाराधीन अवस्थामा रहेको सहकारी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन्।

सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल लगायतका कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ११ : १५ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका