काठमाडौं । निर्वाचन आयोगको नेतृत्व फेरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी उमेर हदका कारण अवकाश भएपछि आयोगको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्। २३ असारमा भण्डारी ६५ वर्षे उमेर पूरा गरी अवकाश भएपछि आयोगको वरियताअनुसार तुलाधर आयोगको नेतृत्वमा पुगेकी हुन्। अब स्थायी प्रमुख नियुक्ति नभएसम्म आयोगको सम्पूर्ण प्रशासनिक…