२०८३, १७ भाद्र बिहीबार

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ५२३ चालक कारबाहीमा

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ५२३ चालक कारबाहीमा


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी जाँचका क्रममा पछिल्लो २४ घण्टामा ५२३ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६३ जना चालकलाई कारबाही गरेको जनाएको छ। त्यस्तै, सिसिटिभीमार्फत ५४ जना र रातोबत्ती उल्लंघन गर्ने ३० जना चालक कारबाहीमा परेका छन्।

यसैगरी, तीव्र गतिमा सवारी चलाउने ३९ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ६ जना, लेन क्रस गर्ने २५ जना र सवारीको अवस्था ठीक नभएका १ जना चालकलाई कारबाही गरिएको छ।

एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ६ जना तथा अन्य कसुरमा २९९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको कारबाहीमध्ये सबैभन्दा बढी चालक अन्य कसुरअन्तर्गत कारबाहीमा परेका छन्।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  ८ : ४९ बजे

बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिन चिकित्सकको सुझाव

काठमाडौं । विपद्का बेला बाढीपीडितलाई राहत वितरण गर्दा चाउचाउ, बिस्कुट र

चार संसदीय समितिको बैठक बस्दै, बाढी र विशेष सेवा विधेयकदेखि पूर्वाधारसम्म छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ।

प्रतिनिधिसभा बैठक बस्दै, तीन महत्वपूर्ण विषय कार्यसूचीमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा

सुरुङ उद्धारको प्रविधि विश्वमै छैन भन्ने प्रधानमन्त्रीको दाबी गलत : विज्ञ

काठमाडौं । बाढी र हिलोमाटोले थुनिएका सुरुङबाट मानिसको उद्धार गर्ने

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ५२३ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी जाँचका क्रममा