२०८३, १८ आश्विन सोमबार

भोटेकोशी बाढीको भयावह तस्वीर : १,२५२ शव फेला, ४,२१६ अझै बेपत्ता

भोटेकोशी बाढीको भयावह तस्वीर : १,२५२ शव फेला, ४,२१६ अझै बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले भयावह मानवीय क्षति निम्त्याएको छ। बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ भने अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार मध्याह्न १२ बजे सार्वजनिक गरेको विवरणले बाढीको क्षतिको गम्भीर तस्वीर देखाएको हो। प्राधिकरणका अनुसार बाढीपछि सबैभन्दा धेरै शव चितवनमा ३५५ जनाको फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७ र रसुवामा १२७ जनाको शव भेटिएको छ।

त्यस्तै गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।

बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन छन्। ठूलो संख्यामा मानिस बेपत्ता रहेकाले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिइएको छ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी ५ हजार १३५ जना घाइते भएका छन्।

प्राधिकरणको पछिल्लो विवरणअनुसार फेला परेका शवको संख्यामा चितवन सबैभन्दा अगाडि छ।

जिल्लागत रूपमा फेला परेका शव :

  • चितवन — ३५५
  • नवलपरासी पूर्व — २१८
  • नवलपरासी पश्चिम — २०८
  • नुवाकोट — १७७
  • रसुवा — १२७
  • गोरखा — ६९
  • धादिङ — ६०
  • तनहुँ — ३८

हजारौँ मानिस अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धारको क्रममा मृतकको संख्या बढ्न सक्ने देखिएको छ।

बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार तथा राहत वितरणलाई प्राथमिकतामा राखिएको छ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  १२ : ३२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय