२०८३, १५ भाद्र मंगलबार

आलोचना होइन, विपत्तिमा साथः भोटेकोशी बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीले दिए १ करोड ५० लाख

आलोचना होइन, विपत्तिमा साथः भोटेकोशी बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीले दिए १ करोड ५० लाख


‘देशलाई विपत्ति पर्दा व्यवसायी मैदानमै उत्रिन्छन्’- राहत कोषमा ठूलो सहयोग

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीमाथि अनेक प्रश्न र आलोचना भइरहेका बेला व्यवसायीहरूले भने विपत्तिमा ठूलो सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

संघको पहलमा वैदेशिक रोजगार व्यवसायीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिलबहादुर खत्रीको नेतृत्वमा रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रममा संघका पदाधिकारी, विभिन्न घटक संगठनका अध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायीहरूको उपस्थिति थियो।

रकम हस्तान्तरण गर्दै अध्यक्ष खत्रीले विपद्को समयमा राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रको विभाजनभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताए। उनले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाका लागि संघले आफ्नो तर्फबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाए। ‘विपद्को बेला सबै वर्ग र क्षेत्र मिलेर प्रभावित नागरिकको साथमा उभिनुपर्छ,’ अध्यक्ष खत्रीले भने, ‘आवश्यक परे संघ आगामी दिनमा पनि थप राहत तथा सहयोग गर्न तयार छ।’ भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि विभिन्न संघसंस्था, व्यवसायी, राजनीतिक दल तथा सर्वसाधारणले राहत र पुनःस्थापनाका लागि सहयोग गरिरहेका छन्।

वैदेशिक रोजगार व्यवसायी संघले गरेको यो सहयोगले ‘आलोचना गर्न सजिलो छ, तर संकटमा सहयोग गर्न मैदानमा उत्रिनु ठूलो कुरा हो’ भन्ने सन्देश दिएको छ। विपद्को समयमा गरिएको १ करोड ५० लाख रुपैयाँको सहयोगलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

अमिता ठकुरी

प्रकाशित मिति : २०८३, १५ भाद्र मंगलबार  ४ : ३१ बजे

भोटेकोशी बाढीमा सरकारको उद्धार–राहतमाथि ३१ अधिकारकर्मीको प्रश्न : ‘स्थानीय तहलाई किन पाखा लगाइयो ?’

राहतमा एकद्वार प्रणालीको नाममा नागरिक संस्थालाई रोक्न नहुने माग, कोषको

आलोचना होइन, विपत्तिमा साथः भोटेकोशी बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीले दिए १ करोड ५० लाख

‘देशलाई विपत्ति पर्दा व्यवसायी मैदानमै उत्रिन्छन्’- राहत कोषमा ठूलो सहयोग

भोटेकोशी विपद्पछि सरकारलाई अनुगमन गर्न सर्वदलीय संयन्त्र बनाउने तयारी

काठमाडौं । भोटेकोशी बाढीपहिरोबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनालाई

भोटेकोशी बाढीको सातौँ दिन : २३ जना जीवित भेटिए, हाइड्रो टनेलभित्र उद्धार अभियान जारी

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीको सातौँ दिन नेपाली सेनाले

नेपाल बैंकको सञ्चालक समिति फेरबदल

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ