२०८३, ९ कार्तिक सोमबार

आज देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षाको चेतावनी


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भू–भागमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहनेछ। कोशी र बागमतीका हिमाली तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा अवरोध हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, १८ भाद्र शुक्रबार  ९ : २४ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि