काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । आज मात्र काठमाडौंमा ओर्लिएका अमेरिकी उपविदेशमन्त्री बर्माले सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीसँग बर्माले आर्थिक विकास, महिला सशक्तिकरण, उर्जा क्षेत्रमा सहकार्यका सम्भावना लगायतका विषयमा कुरा गरेका हुन् । त्यस क्रममा प्रधानमन्त्री ओलीले अमेरिकामा…