२०८३, २४ आश्विन आईतबार

चीनका सहरहरु खेल पर्यटकका लागि अब्बल

चीनका सहरहरु खेल पर्यटकका लागि अब्बल


एजेन्सी । चीनका विभिन्न सहरहरु खेल पर्यटनका लागि आकर्षित बन्दै गएका छन् । केही महिनाअघि एको ड्र्यागन बोट फेस्टिभलमा १० करोड ६० लाख पर्यटकले अवलोकन गरेपछि चीनमा खेल पर्यटनले गति लिएको हो ।

उक्त फेस्टिभलमा राजश्व वृद्धि वार्षिकरूपमा ४४.५ प्रतिशतले बढेपछि सरकार समेत उत्साहित देखिएको छ । त्यस्तै पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्चेङ शहरमा, जियाङ्सु फुटबल सिटी लिग प्रतियोगिताले हजारौं प्रशंसकहरूलाई आकर्षित गरेको थियो । प्रान्तका प्रत्येक शहरका फुटबल टोलीहरू बीचको प्रतिस्पर्धा एक सांस्कृतिक महोत्सव झैं बनेको थियो । आयोजकहरूले प्रत्येक खेलको सबै टिकटहरू बिक्री भइसकेको र विज्ञापन राजस्व विगतका वर्षहरू भन्दा राम्रो भएको प्रतिक्रिया दिए । अन्य ठूला प्रतियोगितामा पनि पर्यटकहरुको आकर्षण बढ्दो छ ।

यता, मे ३१ देखि जुन २ सम्म चलेको ड्र्यागन बोट फेस्टिभल काउन्टीमा लगभग २,३०,००० पर्यटकहरू आएका थिए । जसमध्ये पर्यटन राजस्व लगभग २ करोड ५० लाख अमेरिकी डलर पुगेको बताए ।(सीसीटीभीप्लस)

प्रकाशित मिति : २०८२, ९ असार सोमबार  ७ : ०४ बजे

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै