२०८३, ३१ श्रावण सोमबार

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको भन्दै ११ जना भोलिसम्म भारत आइपुग्ने जानकारी दिएकी छिन् ।
सोमबारप्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतको परराष्ट्र मन्त्रालयको सहयोगमा ११ जन नेपाली उद्दार गर्न लागेको भन्दै गैरकानूनीरूपमा गएर जेलमा रहेका अन्य पाँच जनाको पनि उद्दारको पहल गरिरहेको बताइन् ।
उनले भनिन्, जम्मा १६ जना इरानमा नेपाली हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियौं । उहाँहरुले आफ्नो नागरिकलाई हवाइजहाज पठाएर उद्दार गर्दै हुनुहुन्छ । त्यसमा नेपालीहरुलाई पनि ल्याइदिन्छु भन्नुभएको छ । ११ जना नेपाली मसाद भन्ने ठाउँमा पुग्नुभएको छ । आशा छ भोलिसम्म उहाँहरु भारत आइपुग्नुहुन्छ । इरानमा अन्य पाँच जना नेपाली गैरकानूनीरूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ । उहाँहरुलाई पनि उद्दार गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास गरिरहेको छौं ।’
विदेशमा रहेका नेपाली दूतावास ‘कुखुराको खोर’ जस्ता त्यस्तै उनले विदेशमा रहेका नेपाली दूतावास ‘कुखुराको खोर’ भन्दा सानो भएको बताइन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन् । उनले भनिन्,’हाम्रो राजदूतावासहरू हाम्रो वडा कार्यालय भन्दा नि राम्रो स्थितिमा छैनन् । म अस्ति जापान राजदूतावास गएको थिए, म डिप्रेस भएर फर्किए । फाइलको चाङले मान्छे बस्ने ठाउँ पनि छैन । कुखुराको खोर भन्दा सानो राजदूतावास ।’
उनले विपिन जोशीको रिहाइको लागि कतार र संयुक्त अरव ईमिरेट्सका परराष्ट्र राज्य मन्त्रीहरु तथा इजिप्ट, टर्की र इरानका परराष्ट्र मन्त्रीहरुलाई पत्र लेखी अनुरोध गरेको जानकारी दिइन् । क्रोयसियामा ३१ मेमा सवारी दुर्घटनामा मृत्यु भएका रबी महतो सुरीको शव नेपाल ल्याउन अपुग भएको रकम बैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकाले शव यथाशीघ्र नेपाल ल्याउन दूतावासले आवश्यक प्रकृया अगाडि बढाएको पनि उनले जानकारी गराइन् ।

प्रकाशित मिति : २०८२, ९ असार सोमबार  ७ : ४२ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा