२०८३, २४ आश्विन आईतबार

भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन् : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’

भारतमा उद्धारपछि फर्केका नेपाली भन्छन् : ‘सयौं नेपाली भारतमा फसिरहेका छन्’


महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित काशिपुरलगायत विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका नेपालीहरुले आफुहरुलाई कुटपिट गरिएको, काँचो भात साथै नुन–पानी र बेसार हालेर दिने गरेको बताएका छन् । बुधबार अपरान्ह पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किएका उनीहरुले नेपाल न्यूज बैंकसँगको कुराकानीमा दलालहरुले चरम यातना समेत दिएको बताए ।  भनेको नमाने कुटपिट समेत गर्ने गरेको पनि उनीहरुले बताए ।

नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार गरि नेपाल ल्याइएको हो । उद्धार गरिएको मनोज कटुवाल भन्छन्,‘राम्रो जागिर दिन्छु भनेर झुटो आशा देखाएर बोलाइयो । अन्त्यमा आफू त फसियो नै आफन्तहरुलाई नै फसाउन बाध्य पारियो ।’

यस्तै, उनले सुत्नको लागि पातलो ढसना, खानाको लागि आधा मात्र पाकेको चामल अनि पानीमा नुन र बेसार हालेर दिने गरेको सुनाए । उनले भने, ‘पढेलेखेकालाई त्यही अनुसार नपढेकालाई त्यही अनुसार जागिर दिन्छु भनियो । धेरै साथीहरुलाई यस्तै झुटो आशा देखाएर बोलाएको रहेछ । हामीलाई त्यहाँ काम त दिइएन तर अन्य नेपालीहरुलाई पनि फसाउन धमाधम बोलाउने र फसाउने काम भयो । उनीहरुले भनेको मानेन भने कुटपिट गर्ने, मार्ने धम्की दिइयो । कुटपिटमा म लगायत मेरा धेरै साथीहरु परेका थिए । अरु धेरै नेपाली युवाहरु भारतमा गएर फसिरहेका छन् । उनीहरुलाई पनि छिटोभन्दा छिटो निकाल्नु पर्छ ।’

सुरुमा नेपाली ४० हजार रुपैयाँ तिरेरे काम गर्न भनेर गएकाहरुलाई एउटा कोठा भित्रै थुनेर खाना पनि राम्रो नदिएको अर्का पीडित राजेश राईले बताए । ‘मलाई नराम्ररी फसाइयो, नेपाल फर्किन खोज्दा मार्ने धम्की दिइयो । आमाको निधन हुँदापनि नेपाल आउन दिइएन । चरम अमानवीय व्यवहार गरियो,’ राईले भने ।

मलाई सुरुमा उनीहरु(दलाल)सँगै रहेका साथीले काम गर्न आउ भनेर बोलाए ।  पढेलेखेको छैन् भनेपछि प्याकिङ्को काम मिल्छ भनियो । तर पाँच महिना भइसक्दा पनि काममा लगाइएन् । एक महिनापछि मात्र काम के हो भनेर थाहा भयो, नेपालका मान्छे तान्ने काम मात्र रहेछ । आफ्नै मान्छेलाई फसाउने रहेछ । त्यो कुरा थाहा पाएपछि घर जान्छु भन्दा कुटपिट भयो । आमाको अन्तिम सार फेरेको हेर्ने इच्छा थियो तर नेपाल आउनै दिइएन्,’ उनले भने ।

बिरामी हुँदा बेसार–पानी खाए जस्तो खाना खाएर १६ महिना काम गरेपनि एक रुपैयाँ नदिएको सौगात काफ्ले नाम गरेका अर्का पीडितले बताए ।

‘कम्प्युटरमा डाटा इन्ट्रि र प्याकेजिङको लागि भनेर बोलाइएको हो । मलाई मेरो काकाको फोनबाट बोलाएको थियो । त्यहाँ गएर हेर्दा काकासँग फोननै छैन् रहेछ । त्यहाँ जानेबेला मसँग नेपाली ५० हजार असुलियो । त्यसपछि १०–१२ दिन एउटै कोठामा राखियो । मलाई मेरै आइडी प्रयोग गराएर आफन्तहरुलाई बोलाउन मात्र लगाइयो । मेरो आइडी प्रयोग गरेर अरु छसात जनालाई बोलाइएको रहेछ । त्यसपछि उनीहरुलाई कुटपिट गरेर पठाउने गरेको रहेछ । यसैक्रममा करिब पाँच लाख मेरो ऋण भयो,’ उनले भने ।

‘बाउन्सरहरु प्रयोग गरेर नेपालीहरुलाई यातना दिइयो’

नेपालीहरुको उद्धारमा अगुवाइ गरेका ‘किन इन्डिया’का निर्देशक यस्तो घट्नाका बारेमा एक महिनाअघि नै पत्ता लगाएर उद्धारको प्रक्रिया सुरु गरिएको बताए । एकजना ताप्लेजुङका युवा मृत भेटिएपछि घट्नाका बारेमा अध्ययन सुरु गरेको जानकारी दिए ।

‘उत्तरखण्डाको प्रहरीको सहयोगमा हामी घट्नास्थलमा पुग्दा लाइन लगाएर मान्छेहरुलाई बोलाउन लगाइएको थियो । बाउन्सरहरु प्रयोग गरेर बोल्न वा बोलाउन बाध्य पारिएको रहेछ । वीरेन्द्र शाहीको अगुवाइमा त्यहाँ नेपालीहरुलाई चरम यातना दिइएको रहेछ । पीडितहरुले निज शाही र मनिष तिवारी नाम गरेका दलालहरुको विरुद्धमा उत्रिएका हुन् । युवाहरु सुरुमा डराइरहेका थिए । तर शाहीलाई पक्राउ परेपछि मनोबल बढेको हो,’ जोशीले भने,‘यो घटनाका विरुद्ध मुद्दा अघि बढाइएको छ ।’

उद्धार गरिएका व्यक्तिहरू चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५ जना, पाँचथर, तेह्रथुम, उदयपुरका ४÷४ जना, दाङ, स्याङ्जा, बाँकेका ३÷३ जना, डोटी, ताप्लेजुङ, धादिङका २÷२ जना, सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम, रुपन्देहीका १÷१ जना छन् ।

उद्धार गरि नेपाल ल्याइएका युवाहरुको स्वागतमा नाकामा पुगेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी डम्बरबहादुर विकले उद्धार गरिएका युवाहरुलाई सुरक्षित आफ्नो घरसम्म पुर्याइने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्धार गरिएका युवाहरुलाई गन्तब्यसम्म पुर्याउने काम भइरहेको जानकारी दिए ।

गत बिहीबार र आइतबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो ।

आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ । भारतका विभिन्न सहरमा अझै सयौं युवा फसिरहेको आशंका गरिएको छ ।

प्रकाशित मिति : २०८२, १२ असार बिहीबार  ४ : ११ बजे

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै